Fields with (*) are compulsory.
Fields with (*) are compulsory.
१. अहिले पढ्दै गरेको कक्षाको अर्ध वार्षिक/ त्रैमासिक परीक्षाको लब्धाङ्क पत्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
२. जन्म दर्ताको प्रतिलिपी अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
३. भर्ना हुन ईच्छुक विद्यार्थीहरुको उमेर प्रवेश परीक्षा संचालन हुने मिति सम्म कक्षा ४, ५, ६ र ७ मा क्रमश: १०, ११, १२ र १३ वर्ष ननाघेको हुनु पर्नेछ ।
४. सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको हकमा आफू कार्यरत कार्यालयबाट सक्कल सिफारिस पत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
५. वीरगति प्राप्त कर्मचारी र अवकाश प्राप्त कर्मचारीको हकमा पेन्सन पट्टाको प्रतिलिपी अनिवार्य पेश गर्नु पर्नेछ ।
६. स्थानीय निकायबाट नाता प्रमाणित पत्रको प्रतिलिपी ।
७. निरोगिताको प्रमाणपत्र तथा खोप विवरण ।
१. परीक्षार्थीले आफूलाई आवश्यक पर्ने सामाग्रीहरु (पेन्सिल, इरेजर, स्केल, कम्पास, प्रोटेक्टर, सार्पनर आदि) आफैँ व्यवस्था गर्नुपर्नेछ ।
२. परीक्षा सुरु हुनुभन्दा थोरैमा आधा घण्टा भन्दा अगाडि विद्यालयमा उपस्थित भइसक्नुपर्नेछ ।
३. परीक्षा ३ घण्टा समय अवधिको हुनेछ ।
४. विद्यार्थीले नेपाली २०, अंग्रेजी २०, विज्ञान २० र गणित ३० र G.K. १० गरि जम्मा १०० पूर्णाङ्कको परीक्षा दिनुपर्नेछ ।
५. उत्तर पुस्तिकाको प्रथम कभर पेज बाहेक अन्य पृष्ठमा १.५ ईन्च जति किनारा छोडी दुबैतर्फ लेख्नुपर्नेछ ।
६. परीक्षार्थीले प्रश्नपत्र तथा अन्य कागजमा केही पनि लेख्न पाइने छैन ।
१. स्थानीय निकायबाट नाता प्रमाणित पत्रको प्रतिलिपी ।
२. जन्म दर्ताको सक्कल प्रति ।
३. निरोगिताको प्रमाणपत्र तथा खोप विवरण ।
४. अघिल्लो कक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्र ।
५. चारित्रिक प्रमाण पत्र ।
६. विभागीय कर्मचारीको हकमा कार्यरत कार्यालयबाट सिफारिस पत्र ।
७. बच्चा भेट्न आउने तथा लिन आउने व्यक्तिहरुको बढीमा पाँच जना सम्मको १/१ प्रति पासपोर्ट साईजको फोटो।
८. वुवा वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।